INTRODUCTION
परिचय
ऐतिहासिक पृष्ठभूमि
डेढगाउँ वि.स. २०१४/१५ सालतिर वन्दीपुरवाट आई कपडाको व्यापार गर्ने साहुबाट यहाँ सामान्य अंक अक्षर चिनाउने व्यवस्था भए देखि यहाँ शिक्षाको थालनी भयो । वि.स. २०१६ सालमा प्रथम जन निर्वाचित सरकार नेपाली कांग्रेसका कार्यकर्ता स्व. पदम राज भट्टराई र स्व. शिव प्रसाद श्रेष्ठको प्रयत्नबाट डेढगाउँमा विद्यालय, हेल्थपोष्ट र हुलाकको स्थापना भयो । यसैगरी वि.स. २०१६ सालमा नै माथिल्लो हटियामा पदम राज भट्टराई ,सूर्य मान श्रेष्ठ , नेत्र बहादुर श्रेष्ठ र टेक बहादुर श्रेष्ठ (वन्दिपुरे) को अगुवाईमा जन श्रमदान जुटाई भवन निर्माण गरी भारतीय पेन्सनर स्व.हबल्दार हिरा सिं ठाडा बाट आधुनिक शिक्षाको पठन पाठन प्रारम्भ भयो ।
वि.स.२०१७ सालमा रकुवाबाट आएको जुलूसले उक्त विद्यालयलाई वेलभञ्ज्याङ्ग सम्म स्थानान्तरण गर्नाले वि.स.२०२७ सम्म डेढगाउँ विद्यालय विहिन वन्यो । वढ्दो जनसंख्याको कारणले गर्दा वि.स. २०२७ सालमा तत्कालीन जनप्रतिनिधिहरु दुर्गा बहादुर ठाडा, पदम राज भट्टराइ, हुम नाथ ओझा, वम बहादुर श्रेष्ठ, घनश्याम भण्डारी, भोजराज भट्टराइ, चन्द्र कुमार श्रेष्ठ, नेत्र बहादुर श्रेष्ठ, सूर्य मान श्रेष्ठ, जगन्नाथ खनाल, खमान सिं थापा, लाल बहादुर बोहरा ज्यू हरुको पहलमा नेपाल राष्ट्रीय प्राइमरी स्कुलको स्थापना भयो । वि.स. २०३१ मा यसको स्तर वृद्धि भइ नि.मा.वि बन्न सफल भयो ।
वि.स.२०३८ मा लाल बहादुर बोहरा लगाएतका जन प्रतिनिधिहरुको पहलमा मदन बहादुर प्रधान, त्रियोगी नारायण चौधरीबाट यस विद्यालयलाई हाई स्कूल (मा.वि) स्वीकृत गराउन सफल भईयो ।
वि.स् २०६२ मा यस विद्यालयको रजत जयन्ती समारोह सम्पन्न गरियो । त्यस अबस्थामा जिल्लाबाट ने.का. का सभापती कृष्ण चन्द्र नेपाली , का.सचिव विष्णु प्रसाद लामिछाने, एमालेबाट जिल्ला कमिटि सचिव कृष्ण पौड्याल लगायतका जिल्ला स्तरीय नेताहरुको उपस्थिति भएको वखतमा यस विद्यालयलाई १०ं+२ बनाउन हामीहरु सहयोग गर्ने छौँ भन्ने प्रतिवद्धता भए वमोजिम वि.स.२०६३ मा गाउँका सम्पूर्ण शिक्षा प्रेमी वुद्धिजीवि, समाजसेवी दाताहरुबाट रु. १०,००,००० चन्दा संकलन गरी १०ं+२ को लागि धरौटी राख्न तयार भयौं । १०ं+२ संचालन गर्न अनुमति लिने क्रममा वि.ब्य.स. का निर्णय र विभिन्न कागजात लिएर माथिल्लो निकायहरु जि.शि.का.,क्षे.शि.नि., शिक्षाविभाग र उ.मा.शि. परिषद सानोठिमी भक्तपुर जाने काम प्र.अ. राम बहादुर श्रेष्ठको जिम्मेवारी हुंदा जि.शि.का.मा निर्णय गराउने काम नेपाल बन्दको कारणले गर्दा छुट भएकोमा नेपाली कांग्रेस जिल्ला कार्यालय सचिव श्री विष्णु प्रसाद लामिछानेको विशेष सहयोगबाट मिति २०६३/९/७ मा अन्य विद्यालयको लागि उ.मा.वि. बनाउने सिफारीस भएता पनि हाम्रो यस विद्यालयको लागि छुट्टै २०६३/९/१० गते सिफारिस बनाउन सफल भई त्यसै सिफारिसको आधारमा ११ गते क्षे.शि.नि.पोखरा मिति २०६३/९/१२ गते शिक्षा विभागमा र उ.मा.शि. परिषद सानोठिमी काठमाण्डौ गई फाइल डकुमेन्ट पेशगरी २०६४/३/८ गते देखि उ.मा.वि. खोल्न अनुमति प्राप्त भई यस विद्यालय शिक्षा संकाय तर्फ अंग्रेजी, नेपाली र अर्थशास्त्र विषय भएको १०ं+२ संचालन भई रहेको छ । उ.मा.वि. संचालन गर्नको लागि निवेदन पेस गर्ने क्रममा स्नातकोत्तर उत्तीर्ण प्र.अ. श्री राम बहादुर श्रेष्ठ,श्री पशुपति ओझा , श्री दुर्पता कोइराला लगायत अन्य दुइ जना गरी पाँच जनाको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थियौं।
कृषि विद्यालय स्थापना
मिति २०६९/६/२३ मा गोरखापत्रमा सूचना प्रकासित भएको जानकारी र फारम CTEVT का उपाध्यक्ष डा. गोपाल खनालबाट उपलब्ध भएको थियो । २०६९ /८/२७ मा वि.ब्य.स.को निर्णय गरी फारम भरेर पठाइएको, २०६९/९/१९ जि.शि.का. न.प. बाट विस्तृत कार्य योजना माग भइ सूचना आएकाले तत्काल स्रोत ब्यक्ति हरी प्रसाद सिग्देल, प्र.अ. राम बहादुर श्रेष्ठ, स.अ. श्याम सुन्दर श्रेष्ठ भई धर्म माली कहाँ कम्प्युटर टाइप गरी राती ९ः३० बजे सम्म कार्य योजना बनाइ छनौटका आधारहरुलाई प्रशोधन र परिष्कृत गरी स.अ. श्री पशुपति ओझालाई जि.शि.का परासी बुझाउन पठाइएको थियो । उक्त प्राविधिक शिक्षा कृषि बालिविज्ञान विषयको विद्यालय मिति २०६९/१२/३० को निर्णय अनुसार अनुमति प्राप्त गरेका २०७०/१/५ गतेको दिनमा वि.व्या.स.को अध्यक्ष प्रतिनिधि श्री श्याम सुन्दर श्रेष्ठ र प्र.अ. श्री राम बहादुर श्रेष्ठ द्वय शिक्षा विभागका उपनिर्देशक समक्ष सम्झौता गरी अनुमति पत्र प्राप्त भएको थियौँ । यी सम्पूर्ण काम डा. गोपाल खनालको बिशेष सहयोगमा भएको थियो । तसर्थ कृषि विद्यालय स्थापना गर्न डा. गोपाल खनालको अबिस्मरणीय योगदान रहेको छ ।
कृषि विद्यालय १०+२ स्थापना
२०७२ असाढ महिनामा गो.प.मा सुचना प्रकासित भए अनुसार यस विद्यालयले सम्पुर्ण विवरण सहित देवचुली उ.मा.वि. रजहर को सहमति र जि.शि.का.न.प. को सिफारिस सहित वि.ब्या.स.को निर्णय अनुसार मिति २०७२/४/२ मा सम्बन्धन पाउ भनि निवेदन उ.मा.वि. शिक्षा परिसद बुटवलमा पेस गर्यौ । उक्त निवेदन अनुसार उ.मा.शि.प. का प्रमुख श्रीमान नोगेन्द्र खनाल ज्यू र जि.शि.का न.प. का जि.शि.अ. श्रीमान खड्ग बहादुर कमाल ज्यू बाट अनुगमन मुल्याङ्गन भई यसै शैक्षिक सत्र २०७२/७३ बाट कृषि तर्फको १०+२ मा कक्षा संचालनको लागि सम्वन्धन पाई कक्षा संचालन सुरु गरिएको छ ।